'मास्क लगाऔँ' अभियान सुरु, तीन करोड मास्क निःशुल्क बाँडिने

 भदौ १, २०७८ मंगलबार ८:१९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर -  ‘नेपाल मास्क कार्यक्रम’ अभियान सुरु भएकाे छ । 

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाबाट ‘नेपाल मास्क कार्यक्रम’ अभियान सुरु गरिएको हो । 

'मास्क लगाऔँ एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ देशव्यापी अभियान सुरु भएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । सबैसँग मास्क भए पनि कसैको हातमा, कसैले चिउँडोमा र कसैले खल्तीमा राखेर हिँड्ने गरेकाले प्रभावकारी नहुँदा सङ्क्रमण जोखिम बढेको भन्दै अभियानका क्रममा मास्क वितरण र लगाउनेबारे सहित जानकारी दिइनेछ ।

ललितपुरको पाटन दरबार क्षेत्र र सार्वजनिक क्षेत्रमा ‘नो मास्क नो इन्ट्री अभियान’ चलाएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनुभयो । उहाँले सबै नागरिकले खोप प्राप्त नगर्दासम्म मास्क अभियानले कोरोना सङ्क्रमण कमी हुने बताउनुभयो ।

अभियान सुरु भएको थिमिमा २० पटकसम्म धोएर पुनः प्रयोग गर्न मिल्ने बङ्गलादेशबाट उपलब्ध पाँच लाख मास्क वितरण गर्न थालिएको छ । त्यसका लागि १५ जना स्वयंसेवकले घरघरमा पुगेर मास्क वितरण गर्दैछन् ।

स्वयंसेवकले एउटा घरमा तीन जना वा कम सदस्य भए २५ वटा मास्क र तीन जनाभन्दा बढी सदस्य भए एक प्याकेट अर्थात ५० वटा मास्क निःशुल्क वितरण गर्नेछन् ।
 

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया