वन क्षेत्र अतिक्रमण गरि बनाइएको पक्की घर भत्काइयो

 भदौ १, २०७८ मंगलबार ९:२३:२९ | हेमराज शर्मा
unn.prixa.net

काठमाण्डाै - डिभिजन वन कार्यालय दाङले एक वर्षमा झण्डै १५ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरि वृक्षारोपण गरेको छ ।

अतिक्रमित एक सय हेक्टर वन क्षत्रमध्ये झण्डै १५ हेक्टर वन क्षेत्र खाली गराएर बोटबिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिकाकाे एक, बबई गाउँपालिकाको तीन र शान्तिनगर गाउँपालिकाको एक गरि ५ ठाउँमा गरिएको अतिक्रमण खाली बनाइएको छ ।

वन क्षेत्र अतिक्रमण गरि पक्की घरसमेत बनेका ठाउँमा भत्काएर खाली गराइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । वन क्षेत्र कब्जा गरि प्लटिङ गरेर संरचना बनाइएको जानकारीपछि ती क्षेत्र खाली गराइ तारबारसहित वृक्षारोपण गरिएको सूचना अधिकारी केसीले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया