अफगानिस्तान छाड्नेहरूलाई हवाई र स्थल मार्ग सहज उपलब्ध गराउन नेपालको माग

 भदौ १, २०७८ मंगलबार २०:१६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमन–चयनको सुनिश्चितता (ग्यारेन्टी) गर्न आग्रह गरेको छ । 

परराष्ट्र मन्त्रालयले आज मङ्गलवार प्रेस विज्ञप्ति निकालेर अफगानिस्तानको पछिल्लो घटनाक्रमबारेमा सरकारको धारणा सार्वजनिक गर्दै सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको हो । 

नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह गरेको छ । 

परराष्ट्र मन्त्रालयकाे विज्ञप्तिमा सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको पनि उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया