पहिरोले नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द, कंलकीसम्म नै गाडीको लाइन

 भदौ २, २०७८ बुधबार ११:७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द भएको छ । बिहान ५ बजेदेखि नै यो सडकखण्ड दुईतर्फी नै बन्द छ ।

काठमाण्डौसँगको मुख्य नाका भएकाले अहिले त्यहाँ लामो जाम छ । प्रहरीका अनुसार गाडीको लाइन पिप्लामोडदेखि कलंकीसम्म नै आइपुगेको छ । यस्तै नौबिसेबाट उता पनि गाडीको लामो लाइन छ ।

यो नाका भएर हरेक दिन सयौँ गाडी काठमाण्डौ भित्रने बाहिरिने गछर्न् । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्रिभुवन राजपथ अन्तर्गत सिस्नेखोला र खत्रीपाैवाको बीच भागमा पहिरो सडक ठप्प भएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनु भएको छ ।

पानी परिरहेकाले  पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया