मेलम्चीमा बाढीले थप तीन घर बगायाे

 भदौ २, २०७८ बुधबार ११:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले थप तीन घर बगाएको छ । गएराति वर्षासँगै आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ६ को तीन वटा घर बगाएको उपमेयर भगवती नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति ठूलो पानी पर्दा खोलामा बाढी आएको थियो । यस अघि गएको साउन १६ गतेको बाढीका कारण उच्च जोखिममा परेका घरहरु गए रातिको बाढीले बगाएको उहाँले बताउनुभयो । मेलम्ची नदीमा बाढी आइरहेकाले अन्य घरहरु पनि उच्च जोखिममा परेका छन् ।

विशेषगरी वडा नम्बर ६, ११ र १२ का केही घरहरु उच्च जोखिममा परेका छन् । गएको असार १ गते र साउन १६ गते मेलम्चीमा आएको बाढीले ठूलो नोक्सानी गरेको छ । बाढीमा परेर पाँच जनाको ज्यान गएको छ भने २० जना हराइरहेका छन् । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया