माधव नेपालले २ वर्षदेखि फोन गरेका छैनन्, मैले गरिरहेको छु : केपी ओली

 भदौ ३, २०७८ बिहीबार १८:५३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफूलाई अहङ्कारी भन्नु उहाँको कमजोरी निराधार आरोप भएको बताउनुभएको छ । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताउनुभएकाे हाे । 

ओलीले आफूले माधव नेपालको कुभलो कहिल्यै नसोचेको तर नेपालले भने केन्द्रदेखि प्रदेशका सरकार ढाल्ने, एमाले र आफूविरुद्ध षड्यन्त्र गर्ने लगायतका काम गरेको आरोप लगाउनुभयो । आफूले कैयौँ पटक भेटेर कुरा गरौँ भन्दा पनि नेता नेपालले भेट्नै नचाहेको ओलीको गुनासो छ । 

‘मैले माधव नेपाललाई भेटौँ भन्दा भेट्दिनँ भने, कम्तीमा दुई वर्ष भयो होला माधव नेपालले फोन गरेका छैनन्, मैले लगातार फोन गरिरहेको छु, कुरा गरिरहेको छु, उहाँले म बालुवाटार आउँदिन भन्दा म आफैँ ठाउँ–ठाउँका होटलमा गएर भेटेँ’, ओलीले भन्नुभयो ।  

कार्यक्रममा ओलीले माधवकुमार नेपाल पार्टीको नेतृत्वमा रहँदा, सरकारको नेतृत्वमा रहँदा पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित रहेको लगायतका आराेप पनि लगाउनुभयाे ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया