महाकालीमा बेपत्ता धामीकाे न्यायका लागि नौ हजार ५ सय हस्ताक्षर सङ्कलन

 भदौ ६, २०७८ आइतबार १०:४४:२६ | रासस
unn.prixa.net

फाइल तस्बिर

कञ्चनपुर - महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिम प्रदेशमा नौ हजार ५ सय हस्ताक्षर सङ्कलन गरिएको छ।

डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको अभियानकर्मी खिमानन्द जोशीले बताउनुभयो ।

'बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरि जानकारी गराउनुपर्ने र परिवारलाई राहत उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौँ” उहाँले भन्नुभयो, 'सङ्कलित हस्ताक्षर  प्रधानमन्त्रीलाई बुझाउँछौँ ।'

ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने कार्य गरिए पनि अझै फेला पार्न सकिएको छैन । तुइनबाट महाकाली तर्ने क्रममा धामी नदीमा बेपत्ता भएका घटनाकाे छानबिनका लागि दार्चुला पुगेकाे टाेलीले उहाँकाे शव ड्राेन क्यामरामार्फत खाेजेकाे हाे । धामी गएकाे साउन १५ गते तुइनबाट महाकाली नदीमा खसेका थिए । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया