दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - ललितपुर महानगरपालिकाले जात्रा तथा पर्वमा भीडभाड नगर्न अनुरोध गरेको छ ।
भीडभाड गरि धेरै जना एकै ठाउँमा जम्मा हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिम रहेकाले सङ्क्रमणबाट जोगिन पर्व तथा जात्रा साङ्केतिक रुपमा मात्र मनाउन महानगरले सूचना निकालेर आग्रह गरेको हो ।
जनैपूर्णिमा, गाईजात्रा, कृष्ण जन्माष्टमी, भीमसेन जात्रा तथा अरु पर्वहरु मनाउँदा सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरभित्र मनाइने सबै प्रकारका जात्राहरु पुजारी र सीमित सङ्ख्यामा सहभागी भएर मनाउने निर्णय गरेको पनि जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।