रुस, चीन र इरानले अफगानिस्तानको अवस्थाको फाइदा उठाउनेछन् : टोनी ब्लेयर

 भदौ ६, २०७८ आइतबार १७:३०:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीलाई लिएर कडा आलोचना गर्नुभएको छ । 

पूर्वप्रधानमन्त्री ब्लेयरले यसलाई गैरजिम्मेवार कदम भएको बताउनुभएको छ । उहाँले गठबन्धन सेनाको फिर्तीबाट जिहादी (अत्यधिक प्रयास गर्न खोज्ने) गुटको हिम्मत बढ्ने बताउनुभयो । 
यसको रुस, चीन र इरानले फाइदा उठाउने उहाँको भनाइ छ । 

टोनी ब्लेयरले गठबन्धन सेनाको फिर्तीलाई अफसोसजनक, खतरनाक र अनावश्यक बताउनुभएको छ ।

२० वर्षअघि जब टोनी ब्लेयरको प्रधानमन्त्रीकालमा नै बेलायतले अफगानिस्तानमा आफ्नो सेना पठाएको थियो । 

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि काबुलबाट सेना फिर्ता बोलाउने बाइडेन प्रशासनको निर्णयको आलोचना गर्नुभएको छ ।    

अलबामाको एक र्‍यालीमा पूर्वराष्ट्रपति ट्रम्पले यस कदमलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक हार’ को संज्ञा दिनुभएको थियो । 

तर ट्रम्पले राष्ट्रपति पदमा रहँदा तालिबानसँग सम्झौता गर्नुभएको थियो जसको नतिजा अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीको निर्णय हो ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया