मेलम्चीमा बाँकी रहेका तीन वटा झोलुङ्गे पुलमध्ये दुई वटा उच्च जोखिममा

 भदौ ७, २०७८ सोमबार ८:१०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - बाढीका कारण अस्तव्यस्त बनेको सिन्धुपाल्चोकको मेलम्चीमा फेरि पनि बाढीको जोखिम बढेको छ।

नदीमा अहिले पनि बाढी आइरहेको छ । फेरि पानी पर्न थालेकाले नदीमा पानीको सतह बढ्ने खतरा छ । बाढीले मेलम्ची र इन्द्रावती नदीमाथिको दुई वटा झोलुङ्गे  पुल उच्च जोखिममा परेको छ । झोलुङ्गे पुल बगाउने खतरा बढे पछि डोजरमार्फत संरक्षणका लागि जुटेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो ।

तर, डोजरले नदीमा बहावलाई परिवर्तन गर्ने प्रयास गरे पनि बाढीका कारण त्यो सम्भव भएको छैन । गएको असार १ गते र साउन १६ गतेको बाढीले मेलम्चीमा रहेको दुई वटा मोटरेबलपुल, एउटा झोलुङ्गे पुलसँगै रातो पुल बगाएको थियो ।

मेलम्चीमा अहिले तीन वटा झोलुङ्गे पुल छन् । तीन वटामध्ये दुई वटा पुल बाढीको जोखिममा परेको छ । बाढीमा परेर पाँच जनाको ज्यान गएको थियो भने २० जना अझै हराइरहेका छन् ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया