मुख्यमन्त्री ठाकरेलाई ‘थप्पड हान्ने’ अभिव्यक्ति दिएका केन्द्रीय मन्त्री राणे पक्राउ

 भदौ ८, २०७८ मंगलबार १७:४९:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : इन्डिया टुडेकाे ट्विटरबाट

काठमाण्डौ – भारतका केन्द्रीय मन्त्री नारायण राणेलाई प्रहरीले पक्राउ गरको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई अपशब्द बोलेको र धम्की दिएको विषयमा प्रहरीले राणेलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।   

आर्शीवाद यात्राका क्रममा रत्नागिरी पुगेका मन्त्री राणेलाई र्‍यालीबाटै पक्राउ गरिएको खबरमा उल्लेख छ । 

एक कार्यक्रममा महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले भारतको स्वतन्त्र भएकोबारे गलत मिति उल्लेख गर्नुभएको थियो । यसै विषयमा केन्द्रीय मन्त्री राणेले आफूले ठाकरेलाई भेटेको भए थप्पड हान्ने अभिव्यक्ति दिनुभएको थियो । 

समाचार एजेन्सी पीटीआईका अनुसार सोमवार रायगढमा राणेले जन आशीर्वाद यात्राका क्रममा भनेका थिए, ‘मुख्यमन्त्रीलाई स्वतन्त्रता वर्षको बारेमा थाहा नहुनु लाजमर्दो कुरा हो । उनले भाषणका क्रममा पछि फर्किएर स्वतन्त्रता वर्षका बारेमा जान्नका लागि सोधे । यदि म त्यहाँ हुन्थेँ भने उनलाई जोडले थप्पड हान्थेँ ।’  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया