सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई निस्तेज पार्नुपर्छ : प्रहरी महानिरीक्षक थापा

 भदौ ९, २०७८ बुधबार ९:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखहरुले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्दै  सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने बताउनुभएको छ । 

प्रहरी प्रधान कार्यालयबाट हिजाे मंगलबार भिडियो सम्मेलनद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई सामाजिक हैसियतको ख्याल राखि मिठो बोली वचन, इमान र पूर्ण व्यावसायिकताका साथ संगठनप्रति उत्तरदायी हुँदै जिम्मेवारी वहन गर्न सिमा प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन पनि दिनुभयो । 

सीमापार सम्बन्धलाई उत्कृष्ट बनाइ पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्राप्त प्रहरी जनशक्तिलाई उचित व्यवस्थापन गर्दै अन्य सुरक्षा निकायसँगको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया