सिन्धुपाल्चाेक बस दुर्घटनामा दुई जनाको ज्यान गयाे, ४१ घाइते

 भदौ ९, २०७८ बुधबार १८:७:० | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

सिन्धुपाल्चाेक – ठोकर्पाबाट कालिका हुँदै काठमाण्डाै जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । कोशीपारि यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी ३ छापमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । बस ओरालो बाटोको मोडमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बस्नेतका अनुसार १८ जनाका सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जनाकाे मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जनाकाे धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । 

धुलिखेल अस्पताल काभ्रेमा उपचारका क्रममा ज्यान गुमाउनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका राजन बराम र एक जनाकाे सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया