प्रदेश-१ को संसदीय दलको नेतामा भीम आचार्य चयन, आजै मुख्यमन्त्रीकाे शपथ लिने

 भदौ १०, २०७८ बिहिबार १२:६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमाले प्रदेश-१ को संसदीय दलको नेतामा भीम आचार्य चयन हुनु भएको छ । मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि आचार्यलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन : संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश-१ मा एमालेका ५१ जना सांसद छन् । प्रदेश सभामा मुख्यमन्त्री बन्न ४७ जना सांसद आवश्यक पर्छ ।

कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक जना सांसद छन्  । माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीमा आठ जना मात्रै सांसद गए भने पनि एमाले सरकार ढल्ने निश्चित छ । तर, त्यो सङ्ख्या समाजवादीमा नरहेको एमालेका नेताहरुको दाबी छ ।

एमालेले आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेपछि नेपाल पक्षले त्यसलाई रोक्ने प्रयास थालेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया