जनवादी गायक जेबी टुहुरेको निधन

 भदौ १०, २०७८ बिहीबार १४:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका उहाँको उपचारकै क्रममा आज निधन भएको हो। 

उहाँको शव आज दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । यस्तै उहाँको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । 

उहाँका पत्नी सत्यदेवी, एक छोरा र चार छोरी रहेका छन् । 

पाँच दशकदेखि नेपाली सांस्कृतिक क्षेत्रमा सक्रिय टुहुरेले 'आमा दिदी बहिनी', 'रातको अनिँदो', 'बसाइँ हिँड्नेकाे ताँतीले', 'छोराहरू हो', 'जुनीभरि मुटु' लगायतका दर्जनाैँ गीत गाउनुभएको छ ।  

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया