दार्चुला घटनाको छानबिन प्रतिवेदन चाँडाे सार्वजनिक गर्ने गृह मन्त्रीको प्रतिबद्धता

 भदौ १०, २०७८ बिहीबार २०:३७:५३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गृह मन्त्री बालकृष्ण खाणले दार्चुलाका जयसिंह धामी बेपत्ता भएका तुइन प्रकरणको छानबिन प्रतिवेदन चाँडाे आउने बताउनुभएको छ । 

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरूले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताउनुभयो ।

उहाँले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएको समेत जानकारी दिनुभयो । 

गृह मन्त्री खाणले विसं २०५० देखि अहिलेसम्म त्यस जिल्लामा तुइनबाट खसेर २६ जनाको निधन भएको पनि जानकारी गराउनुभयो । उहाँले ‘महाकाली नदीमाथिको तुइन हटाएर पुल निर्माणका लागि पनि निर्देशन भइसकेको समितिलाई जानकारी गराउनुभयो ।

‘नागरिकको ज्यान जोगाउनु राज्यको दायित्व हो, नागरिकको जीवन रक्षाका लागि सरकार हिजो पनि गम्भीर थियो, आज पनि छ र भोलि पनि हुनेछ’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया