महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारकाे निर्णय

 भदौ १०, २०७८ बिहीबार १८:३०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले महाकाली नदीमा बेपत्ता हुनुभएका जयसिंह धामीकाे परिवारलाई आर्थिक सहयाेग स्वरूप दश लाख रुपैयाँ दिने निर्णय गरेकाे छ । 

बिहीवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘तुइन काट्दा’ महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे । 

गएकाे साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभएकाे थियाे, अझसम्म पनि उहाँकाे अवस्थाबारे थाहा भएकाे छैन । 

यस घटनामा छानबिनका लागि सरकारले समिति नै गठन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएकाे छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • anjan sharma

    Aug. 27, 2021, 8:56 a.m.

    कठै तुईन कसले र किन काट्यो भनेर भन्न नसक्ने मेरो देश जय सिंहको परिवारलाई १०लाख दिने भएछ । अझै कतिवटा जय सिंहहरू महाकालीमा बग्ने हुन ?

  •  0 Reply

तपाईको प्रतिक्रिया