नारायणी, महाकाली लगायतका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 भदौ १०, २०७८ बिहीबार १९:२२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल बाढी पूर्वानुमान शाखाले देशभर भइरहेकाे निरन्तरकाे वर्षाका कारण विभिन्न नदीमा पानीकाे बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेकाे छ । 

भदौ १० गते रातिदेखि भदौ ११ गतेसम्म नारायणी नदी र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सर्तकता आसपास पुग्न सक्ने बाढी पूर्वानुमान शाखाले जनाएकाे छ । यस्तै कोसी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा पानीकाे बहाव बढ्ने भएकाे हुँदा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । 

साथै भारी वर्षाका कारण मझौला नदीहरूमा पनि पानीकाे बहाव बढ्ने जनाइएकाे छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती साथै बबईमा समेत पानीकाे बहाव बढ्ने र केहीमा सर्तकता आसपास पुग्न सक्ने हुँदा सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाकाे आग्रह छ । 

यस्तै देशभरिका मध्यपहाड, चुरे, र तराई भइ बग्ने स–साना नदीहरू तथा  केही नदीमा आकस्मिक बहाव हुने सम्भावना रहेकाले त्यस अवधिभर तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत शाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया