प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

 भदौ १२, २०७८ शनिबार १३:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच बिहान एक घण्टा कुराकानी भएको हो । उहाँहरुबीच मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीमा देउवा नियुक्ति भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया