दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा विस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा शुरुआत गरिएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने सञ्चालक निकेत अग्रवालले बताउनुभयाे ।
काठमाण्डाैमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालकाे भनाइ छ । भोजको पेमेन्ट पार्टनर ईसेवा र फोने पेबाट भुक्तानी गर्दा ग्राहकहरुले २५ प्रतिशत सम्म छुट पाउँछन् । भोजले काठमाण्डौका ग्राहकहरुलाई जसरी नै बुटवल र भैरवाहामा पनि नयाँ नयाँ अफर सार्वजनिक गर्ने अग्रवालकाे भनाइ छ ।
भोजको एन्ड्रोइड र आईओएस एप वा आधिकारिक वेबसाइट www.bhojdeals.com मार्फत खानाको अर्डर गर्न सकिन्छ । इन्टरनेटको पहुँचमा नहुनेले ०१-५९७००७० मा फोन गरेर पनि अर्डर गर्न सक्नेछन् । ग्राहकहरूले ईसेवा, फोनपे, आईएमई पे, कनेक्ट आईपिएस, खल्ती, क्रेडिट र डेबिट कार्ड जस्ता डिजिटल पेमेन्ट मार्फत भुक्तानी गर्न सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।