कपिलवस्तु : बाणगङ्गा नदी कटानका कारण खोरिया गाउँ उच्च जाेखिममा

 भदौ १३, २०७८ आइतबार ११:३५:१७ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - कपिलवस्तुको बाणगङ्गा नदीमा आएको बाढीले यशोधरा गाउँपालिका-८ को खोरिया गाउँ उच्च जोखिममा परेको छ ।

नदीले बस्ती कटान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । नदीमा पानीको बहाव र सतह बढ्दै गर्दा तटबन्ध टुट्ने हो कि भन्ने डरले सताएको त्यहाँका पप्पु मुसलमानले बताउनुभयो ।

तत्कालका लागि बाढीले क्षति पुर्याएको ठाउँमा तटबन्ध बनाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाणगङ्गा नदी तटीय क्षेत्रका स्थानीय बासिन्दा हरेक वर्ष बाढीको चपेटामा पर्ने गरेका छन्।

वर्षाैँदेखिको यो समस्या समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको स्थानीय बासिन्दाको गुनासो छ । 

पछिल्लो ६ घण्टामा कपिलवस्तुको बाणगङ्गामा धेरै ठूलो पानी परेको छ । यो क्षेत्रमा थप वर्षा हुने अनुमान छ ।

बाढी पूर्वानुमान महाशाखाले पनि बाणगङ्गा नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया