कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित हुँदा अरु सङ्क्रामक रोगजस्तै स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ ।
अहिले बर्खाको समय भएकाले देशका धेरै ठाउँमा स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । तर, उनीहरुले समयमै परीक्षण नगर्ने गरेको पाइएको छ । स्क्रब टाइफस र कोरोनाको लक्षण लगभग उस्तै हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, झाडापखाला लाग्नु तथा श्वासप्रश्वासमा समस्या हुनु स्क्रब टाइफस र कोरोना दुवैका लक्षण हुन् ।
यस्ता लक्षण देखिए पछि धेरैजसो बिरामीले कोरोनाको मात्रै परीक्षण गर्ने गरेका छन् । यसले गर्दा बिरामीको ज्यान जाने जोखिम बढेको सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो।
समयमा नै उपचार नपाए स्क्रब टाइफस भएका बिरामीको ज्यानै जाने डाक्टर पुनले बताउनुभयो । असार, साउन र भदौ महिनामा स्क्रब टाइफसको जोखिम धेरै हुन्छ । मुसामा पाइने किर्ना जस्तो सुक्ष्म किराको टोकाइबाट मानिसमा स्क्रब टाइफस देखा पर्छ ।
मुसाको कानमा हुने परजीवी झाडीमा खस्ने हुँदा झाडी तथा खेतीपातीमा काम गर्नेहरुलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ । खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाए, र घरपर सफा राखे स्क्रब टाइफसबाट जोगिन सकिने डाक्टरले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।