प्रदेश १ मा एमालेका १० सांसद एकीकृत समाजवादीमा, मुख्यमन्त्री आचार्य एक हप्तामै अल्पमतमा

 भदौ १६, २०७८ बुधबार १३:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश नम्बर १ मा नेकपा एमालेका १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमाले छाडेर एकीकृत समाजवादी पार्टीको नाममा सनाखत गर्न १० जना अहिले प्रादेशिक निर्वाचन कार्यालय विराटनगर पुगेका छन् ।

९३ सदस्यीय प्रदेश सभा रहेको प्रदेश १ मा एमालेका ५१ जना सांसद थिए । तर आज १० जनाले एमाले छाडेर समाजवादी रोजेपछि एक हप्ताअघि मात्रै मुख्यमन्त्रीमा बन्नुभएका भीम आचार्य अल्पमतमा पर्नुभएको छ । मुख्यमन्त्री बन्न ४७ सांसद चाहिनेमा एमालेसँग अब ४१ जनामात्रै सांसद रहेका छन् ।

यसअघि हिजो मङ्गलवार वाग्मती प्रदेशका १२ जना सदस्य एमालेबाट एकीकृत समाजवादीमा गएसँगै वाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि अल्पमतमा पर्नुभएको छ । यस्तै सुदूरपश्चिममा पनि १० प्रदेश सभा सदस्यले एमाले छाडेका छन् ।  

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया