एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० युवा पक्राउ

 भदौ १८, २०७८ शुक्रबार १३:१५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि युवाहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डौमा रहेको दूतावास अगाडि विरोध प्रदर्शन गर्ने १० जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

एमसीसी खारेजी राष्ट्रिय अभियानको आह्वानमा प्रदर्शन भएको हो । यो परियोजनाले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै केही समूहले विरोध गर्दै आएका छन् । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ ।

गएको वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसीसी अझै पारित हुन सकेको छैन । यो परियोजना कार्यान्वयनमा नेपाली कांग्रेस तयार भए पनि सत्ता गठबन्धनभित्रकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्झौतामा उल्लेख भएका विषय परिमार्जन नगरि कार्यान्वन गर्न नहुने पक्षमा छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया