दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – महानगरीय अपराध नियन्त्रण महाशाखाले झन्डै ८० लाख रुपैयाँ बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ ।
अवैध रूपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाण्डाैकाे सामाखुशीबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भइ काठमाण्डाैकाे मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने ५० वर्षीय बेलबहादुर थापा, लमजुङ घर भइ बानियाटार बस्ने ४० वर्षीइ कृष्ण परियार र प्युठान घर भइ तारकेश्वर बस्ने ४७ वर्षीय दानबहादुर जिसी रहेका छन् ।
गुरुङको कोठा खानतलासी गर्दा बिक्री गर्ने उद्देश्यले लुकाएर राखेको अवस्थामा यार्सागुम्बा फेला परेको थियो । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि आज डिभिजन वन कार्यालय काठमाण्डाै पठाइएकाे महाशाखाले जनाएकाे जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट एक किलो आठ सय ५० ग्राम यार्सागुम्बासमेत बरामद गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।