आज तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

 भदौ १९, २०७८ शनिबार ७:३०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज वाग्मती, गण्डकी र प्रदेश-२ को केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण यी ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार देशका अरु ठाउँमा भने आंशिकदेखि सामान्य बद्ली रही केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले देशका अरु ठाउँमा भने ठूलो पानी वा लगातार झरी पर्ने सम्भावना नभएको उहाँले बताउनुभयो। आज राति पनि वाग्मती, गण्डकी, कर्णाली र प्रदेश-२ का केही ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया