स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थाले

 भदौ १९, २०७८ शनिबार ८:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थालेका छन् । काभ्रे लगायतका कतिपय जिल्लाका अस्पतालहरुमा स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थालेका हुन् ।

काभ्रेमा  गएको १५ दिनमा स्क्रब टाइफसका कारण चार जनाको ज्यान गइसकेको छ । अहिले सरकार र सम्बन्धित निकायको ध्यान कोरोना नियन्त्रणमा केन्द्रित भएकोले काभ्रे लगायतका अरु जिल्लामा स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढेका र यसले जटिलता निम्त्याउन सक्ने भएकाले सावधानी रहन जनस्वास्थ्यविद् एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले आग्रह गर्नुभएको छ ।

कोरोना र स्क्रब टाइफसका बिरामीको लक्षण उस्तैउस्तै हुने भएकाले कतिपयले परीक्षण समेत नगर्ने गरेकाले समस्या निम्तिएको उहाँको भनाइ छ ।

लामो समय परीक्षण नगराउँदा यसले पनि कोरोनाले जस्तै फोक्सोमा असर पार्ने र बिरामीको ज्यान नै जान सक्ने उहाँको भनाइ छ ।  परीक्षण नगरिकनै स्क्रब टाइफस वा कोरोना भएको थाहा नहुने भएकाले समस्या हुने बित्तिक्कै परीक्षण गर्न पनि उहाँले सुझाव दिनुभएको छ ।

यो रोगबाट बालबालिका धेरै प्रभावित हुने भए पनि अरु उमेर समूहकाले पनि सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । सहरी क्षेत्रमा कहिलेकाँही लामो समयसम्म फोहोर नउठ्ने र त्यसमा मुसाका लागि चलखेल गर्ने राम्रो वातावरण बन्न सक्ने भएकाले स्क्रब टाइफसको जोखिम देखिन सक्छ ।  

यो रोगबाट बच्न मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार गर्नुका साथै खेतबारीमा तथा वनजङ्गलमा काम गर्न जाँदा बाहुला भएको कपडा लगाउन, खुल्ला चउरमा बस्दा सुकुल ओच्छ्याएर बस्ने  र साथै चउर ,बारीमा घाँसहरु बढ्न नदिने गर्नुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया