पहिरोका कारण नागढुङ्गा-नौबिसे सडक खण्डकाे यात्रा कष्टकर बन्दै

 भदौ २०, २०७८ आइतबार ८:२८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - ठाउँठाउँमा पहिरो गएकाले नागढुङ्गा-नौबिसे सडक खण्डको यात्रा कष्टकर बन्न थालेको छ ।

बर्खा लागेसँगै ठाउँठाउँमा पहिरो जाँदा सडक खण्ड अस्तव्यस्त बनेको छ । सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि हेभी र ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ ।

यसअघि यो सडक खण्डलाई फराकिलो पारिए पनि अहिले पहिरोका कारण सडक फेरि साँघुरिएको छ । यसले गर्दा एउटा गाडी बिग्रिए पनि यात्रु लामो जाममा बस्नु पर्ने बाध्यता छ । यसले गर्दा नागढुङ्गा-नौबिसेको २० मिनेटको सडक पार गर्न पनि घण्टौँ जामा बस्नु पर्ने बाध्यता छ ।

सिस्ने खोला, झ्याप्ले खोला र चिसापानी क्षेत्रमा सबैभन्दा धेरै समस्या रहेको प्रहरीले जनाएको छ । पानी पर्दा पहिरो र हिलोले समस्या हुने गरेको यो सडक खण्डमा  घाम लाग्दा धुलाेले गाडी चलाउन मुस्किल हुने गरेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया