‘रेडियोमार्फत् हुने शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी’

 भदौ २०, २०७८ आइतबार १८:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोराेना महामारीमा वैकल्पिक सिकाइ माध्यमका रुपमा रेडियाे मार्फतकाे शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी भएकाे पाइएको छ ।  शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता शहरीमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

आजको शिक्षा साप्ताहिक र जस्ट नेपाल फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता’ विषयक भर्चुअल अन्तरक्रियामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव दाहालले अहिले कक्षा ९ र १० का अनिवार्य विषयहरुलाई बढी जोड दिइएका रेडियो कक्षाहरु छिट्टै कक्षा ६ देखि १२ सम्मै लगिने जानकारी दिनुभयो ।  

अन्य वैकल्पिक सिकाइ माध्यमका तुलनामा रेडियो प्रभावकारी पाइएकाले भौतिक रुपमा विद्यालय खुले पनि पूरक सिकाइ सामग्रीको रुपमा रेडियो कक्षालाई निरन्तरता दिइने उहाँको भनाइ छ । 

निर्देशक दाहालले रेडियो कक्षा कति प्रभावकारी भयो भनेर केन्द्रले अध्ययन नगरेको भएपनि निरन्तर राम्रा प्रतिक्रिया आइरहेका बताउनुभयो । सरकारले अहिले दुईसय भन्दा धेरै सामुदायिक रेडियोमार्फत् कक्षा सञ्चालन गर्दै आएको छ । 

यस्तै, शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्य तथा दृश्य शाखाका रेडियो इञ्जिनियर सन्त महर्जनले विद्यार्थी रेडियो कक्षामा टिकिरहुन् भनेर एउटा रेडियो कक्षालाई १५ मिनेटको मात्रै बनाएको, विषयवस्तु सिधै नदिएर नाटकीकरण, संवादात्मक र रमाइलो बनाइएको, विद्यार्थीको चाहनाबमोजिमको समय छनोट गरिएको बताउनुभयो । 

आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देलले रेडियो सेट नै नभएका ठाउँमा संघीय र स्थानीय सरकारले अभिभावकलाई रेडियो वितरण गर्नुपर्ने भनाइ राख्नुभयो । 
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया