कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल टेलिकमले देशैभर फोर जी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । ७७ जिल्लाका ६ सय ८२ पालिकामा फोर जी विस्तारको काम सकिएको र बाँकी रहेका ७१ पालिकामा पनि काम भइरहेको टेलिकमले जनाएको छ ।
चार हजार एक सय ८६ वटा संरचना निर्माण गर्नुपर्नेमा तीन हजार पाँच सय ४४ वटा संरचनाबाट फोर जी अनएअर भइसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।
यस्तै टेलिकमले गएको जेठदेखि सुरु भएको फोरजी भीओएलटीई सेवाको परीक्षण पनि तीव्र गतिमा भइरहेको जनाएको छ । इन्टरनेट विना नै भिडिओ कल गर्ने सुविधाका साथै आवाजको गुणस्तर सुधार्न टेलिकमले भीओएलटीई प्रविधि ल्याएको हो ।
यसैबीच टेलिकमले फाइभ जी परीक्षणका लागि पनि तयारी तीव्र पारिएको जनाएको छ । टेलिकमका प्रवक्ता राजेश जोशीले फोर जी विस्तारको काम छिटै सकिने र फाइभ जी परीक्षण हुने जानकारी दिनुभयो ।
फाइभ जी परीक्षणका लागि उपकरण आयातको क्रममा रहेको र अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरिएको जोशीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।