कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना

 भदौ २२, २०७८ मंगलबार ७:१५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले राष्ट्रिय जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना गर्ने निर्णय गरेको हो ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि मिति तय गर्दै यससम्बन्धी प्रस्तावसहित राष्ट्रिय जनगणना-२०७८ को कार्यतालिका मन्त्रिपरिषदमा पठाएको थियो । विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम सुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको काम भदौदेखि नै अघि बढ्ने र मूल गणना २५ कात्तिकदेखि ९ मंसिरसम्म तय भएको हो ।

कार्यतालिकाअनुसार भदौ २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र ३० गतेदेखि असोज १८ सम्म सुपरभाइजरहरूले घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् । त्यसपछि गणक भर्ना गरी  कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिनेछन् ।

उनीहरूको तालिमपछि मूल गणना हुनेछ । विभागका निर्देशक ढुण्डीराज लामिछाने जनगणनाको तयारी निरन्तर भइरहेको बताउनुभयो । यसअघि विभागले ८ असारदेखि जनगणना गर्ने तयारी गरेको थियो । तर, कोरोना महामारीका कारण तय भएको मितिसमेत स्थगित भएको थियो । नेपालमा १९६८ सालबाट जनगणना सुरु भएको हो । त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन स्थगित भएको थियो ।

२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । त्यसपछि महामारीका कारण अहिले दोस्रो पटक जनगणनाको कार्यतालिका प्रभावित भएको हो ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Manish Singh

    Sept. 7, 2021, 8:24 p.m.

    Is there any information regarding the date of enumerator(ganak) result publishment?

  •  0 Reply

तपाईको प्रतिक्रिया