दार्चुला घटना : नेपालले बल्ल भारतलाई औपचारिक कुटनीतिक पत्र पठायो, दोषीलाई कारबाही गर्न माग

 भदौ २२, २०७८ मंगलबार ७:४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चौतर्फी दबाब बढेपछि अन्तत नेपालले दार्चुला घटनाका विषयमा भारतलाई औपचारिक कुटनीतिक पत्र पठाएर ध्यानाकर्षण गराएको छ । गृह मन्त्रालयको छानबिनका आधारमा परराष्ट्र मन्त्रालयले भारतलाई कुटनीतिक पत्र पठाएको हो ।

पत्रमा घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीका परिवारलाई उचित राहत दिन भनिएको छ । गएको साउन १५ गते महाकाली नदीको तुइनमा नेपालबाट भारततर्फ जाँदै गर्दा दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर बेपत्ता हुनु भएको थियो ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले साउन १७ गते समिति बनाएको थियो । छानबिनका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को घटनामा संलग्नता भएको प्रत्यक्षदर्शीले बताएका थिए ।  तर, छानबिन प्रतिवेदन आइसकेपछि पनि भारतसमक्ष औपचारिक रुपमा पत्र पठाउन आनाकानी भइरहेको थियो ।

यस्तै, नेपालले दार्चुला क्षेत्रको नेपाली आकाशमा अनुमति नलिकन हेलिकोप्टर उडाएको विषयमा पनि भारतलाई पत्र पठाएको छ । विना अनुमति नेपाली आकाशमा हेलिकप्टर उडाएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि दोहोरिन नदिन पत्रमार्फत भारतको ध्यानाकर्षण गराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया