आज मोतीराम भट्टको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

 भदौ २२, २०७८ मंगलबार ८:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

१९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन काठमाण्डौमा जन्मनु भएका उहाँको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई उजागर गरेका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी प्रकाशनमा ल्याउनुभएको थियो ।

भट्टले भानुभक्त आचार्यको बालकाण्ड, रामायण, सम्पूर्ण रामायण र थुप्रै नेपाली भाषाका पुस्तक प्रकाशित गर्नुभएको थियो । उहाँका मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रह्लाद भक्तिकथालगायत कृति पनि महत्त्वपूर्ण छन् ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया