सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो

 भदौ २२, २०७८ मंगलबार १६:१६:४१ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानमा रहेकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको गएकाे आइतवार राति हत्या भएकाे हाे । 

प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र सात वर्षीया गोमा कार्कीकाे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो  ।

घटनास्थलमा अहिले प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको कमान्डमा रहेको अनुसन्धान टोलीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । डीएसपी सुवेदीसहितको टोली पनि घटनास्थलमै छ ।

अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको डीएसपी सुवेदीले जानकारी दिनुभयो । अहिले घटनास्थल क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया