विश्व स्वास्थ्य सङ्गठनकाे अपिल : काेराेना खाेपसँगै नियमित खोप कार्यक्रम पनि विस्तार गरौँ

 भदौ २३, २०७८ बुधबार १८:३२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना खोपको विस्तारसँगै नियमित खोप कार्यक्रमहरूको परिमाण विस्तार गर्न अपिल गरेको छ ।

काठमाण्डौमा चलिरहेको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको बैठकमा क्षेत्रीय निर्देशक डाक्टर पूनम खेत्रपाल सिंहले नियमित खोप कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता दिन आग्रह गर्नुभएको हो ।

कोरोना महामारीका कारण नियमित खोप कार्यक्रम प्रभावित हुँदा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको जोखिम बढेको भन्दै उहाँले खोप कार्यक्रमको परिमाण विस्तार गर्नुपर्ने बताउनुभयो ।

क्षेत्रीय निर्देशक खेत्रपालले महामारीका कारण दादुरा तथा रुबेला खोपको पहुँच ९४ प्रतिशतबाट ८८ प्रतिशतमा झरेको भन्दै यो जोखिमको सङ्केत रहेको बताउनुभयो । यस्तै अरू खोपको पहुँच पनि घटेको उहाँले बताउनुभयो ।

क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी क्षेत्रको नेतृत्व गर्ने निकायको वार्षिक बैठक हो । यसपालिको आयोजक राष्ट्र नेपाल रहेको यो बैठक महामारीका कारण भर्चुअल रूपमा भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया