पूर्व राजदूत रुक्मशमशेर राणाको निधन

 भदौ २६, २०७८ शनिबार ९:३१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतका लागि पूर्व राजदूत रुक्मशमशेर राणाको निधन भएको छ । राणाको ८५ वर्षको उमेरमा बत्तीसपुतलीमा रहेको निवासमा गएराति निधन भएको ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपणपछि उहाँले नियमित डायलाइसिस गर्दै आउनुभएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमशेरका कान्छा छोरा रुक्मशमशेर सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बन्नुभएको थियो । साथै उहाँ नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपमा दुई पटक सदस्यसचिव रहनुभएको थियो ।

उहाँ अहिले ओलम्पिक कमिटीको मानार्थ अध्यक्ष हुनुहुन्थ्यो ।
 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया