हङकङसँगको एकदिवसीय शृङ्खलामा नेपालको 'क्लिन स्वीप'
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै – गृहमन्त्री र जिल्ला उपसभापतिको सहयोगमा प्यूठानका ११ जनाले प्रहरीमा नाम निकाल्न सफल भएको हल्ला फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्यूठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङले फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री बालकृष्ण खाँड र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्रि लम्सालको सहयोगमा प्यूठानबाट ११ जनासहित देशभरका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्कन सफल भएको भन्दै धन्यवाद दिएका थिए । गुरुङको स्टाटसपछि गृहमन्त्री खाँड र जिल्ला उपसभापति लम्सालको चौतर्फी विरोध भएको थियो ।
गुरुङलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । नेपाली कांग्रेस प्यूठानले पनि विज्ञप्ति निकालेर लोकसेवाले लिने परीक्षामा गृहमन्त्री र कांग्रेसका जिल्ला उपसभापतिको नाम मुछेको भन्दै गम्भीर आपत्ति जनाएको थियो । उपसभापति बद्रि लम्सालले कांग्रेसको महाधिवेशन आउँदै गर्दा आफूलाई बदनाम बनाउने उद्देश्यले गुरुङले हल्ला फैलाएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।