पेरुका क्रान्तिकारी नेता गोञ्जालोको निधन

 भदौ २७, २०७८ आइतबार ८:५६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको निधन भएको छ । दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँलाई गोञ्जालो नामले चिनिन्छ ।

उहाँले सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा आजीवन कारावास भोगिरहनुभएको थियो । उहाँ पेरुको क्रान्तिकारी समूह साइनिङ्ग पाथका नेता तथा संस्थापक हुनुहुन्थ्यो । गएको जुलाईमा उहाँलाई स्वास्थ्य समस्या देखिएपछि जेलबाट अस्पताल लगिएको थियो ।

पेरुमा एक दशकभन्दा लामो समय माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच चलेको युद्धको क्रममा झण्डै ७० हजार मानिस मारिएका वा बेपत्ता भएका थिए । गुजम्यान पक्राउ परेपछि साइनिङ्ग पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि त्यस समूहका केही सदस्यहरु सक्रिय छन् ।

गुजम्यान पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा जन्मिनु भएको थियो । दार्शनिक नेता मानिने गुजम्यान विश्वभरका कम्युनिस्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिनुहुन्छ ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया