दुई किलो अफिमसहित काठमाण्डाैबाट तीन जना पक्राउ

 भदौ २७, २०७८ आइतबार १६:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपाल प्रहरीले दुई किलो दुई सय २४ ग्राम लागुऔषध (अफिम) सहित तीन जनालाई पक्राउ परेको छ । 

महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले अफिम कारोबार गर्ने पूर्वी रुकुमका ४१ वर्षीया धनमाया पुन, ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन पुनलाई हिजाे शनिवार दिउँसो पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको हो । प्रहरीले पुनलाई काठमाण्डाै महानगरपालिका २६ ठमेल र अन्य दुईलाई मित्रनगर नयाँ बसपार्कबाट पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले ठमेलमा अफिम बोकेर कारोबार गर्न हिँडिरहेको अवस्थामा पुनलाई पक्राउ गरेर सोधपुछ गर्दा अन्य दुई जनासँग पनि अफिम रहेको खुलेपछि तीन जनालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको जानकारी दिनुभयो । 

प्रहरीले पुनसँग एक किलो दुई सय ग्राम र अन्य दुईसँग एक किलो २४ ग्राम अफिम बरामद गरेको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया