डाक्टरसँग फिराैती माग्दै नक्कली बम राख्ने तीन जना पक्राउ

 भदौ २७, २०७८ आइतबार १६:२२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डाैको पुरानो बानेश्वरमा रहेको मात्रिका आँखा अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्दै नक्कली बम राख्ने तीन जना पक्राउ परेका छन् ।

अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्ने धादिङका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाका अम्मरबहादुर रोकालाई महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले तीन करोड रुपैयाँ नदिए घर र अस्पताल बमले ध्वस्त बनाउने धम्की दिँदै अस्पतालमा नक्कली बम समेत राखेका थिए । उनीहरूविरुद्ध आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

गएकाे भदाै २४ गते बिहीवार बिहान काठमाण्डाै महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मात्रिका आई सेन्टरको तेस्रो तलामा रहेकाे शौचालयभित्र शङ्कास्पद वस्तु भेटिएकाे थियाे । त्याे शङ्कास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराउँदै बम नभएकाे पुष्टि गरेकाे थियाे ।  

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया