संसद् कहिले चल्छ भनेर ओलीजीलाई साेध्नु : प्रधानमन्त्री देउवा

 भदौ २७, २०७८ आइतबार १६:४०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठक सुरु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भएको बताउनुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउन प्रत्यक्ष संलग्न भएको भन्दै आइतवारकाे प्रतिनिधि सभा बैठक पनि चल्न दिएन । 

संसद् बैठक लगातार अवराेध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसद् बैठक सुरु कहिले हुन्छ भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गर्नुभयो । सञ्चारकर्मीहरूले ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद् चलाउनु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । उहाँले त्यसको जवाफ दिँदै सङ्क्षेपमा भन्नुभयो, ‘ओलीजीलाई सोध्नु’ ।

एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्कासन गरेका सांसदलाई संसद् बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने अडान लिँदै आएको छ ।

आइतवारको बैठकमा पनि अवराेध भएपछि प्रतिनिधि सभाको अर्को बैठक आउँदाे भदौ २९ गते मङ्गलवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया