'अब लगातार ठूलाे झरी नपर्ने तर स्थानीय वायुको प्रभावले केही ठाउँमा ठूलो पानी पर्न सक्ने'

 भदौ २८, २०७८ सोमबार ९:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मौसमविद्ले अब बिस्तारै पानी पर्न कम हुँदै जाने बताएका छन् ।

मनसुनी गतिविधि कमजोर हुँदै गएकाले अब लगातार ठूलो झरी पर्ने सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । तर, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने उहाँले बताउनुभयो ।

स्थानीय वायुको प्रभावले कुनै एक ठाउँमा केहीबेर ठूलो पानी पर्छ तर त्यहीँ नजिकै भने पानी नपर्न पनि सक्छ । स्थानीय वायुको असरले मेघगर्जनसहित खण्डखण्ड भएर ठूलो पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो।

उहाँका अनुसार स्थानीय वायुले पार्ने असरको पूर्वानुमान गर्न नै कठिन हुन्छ। अब मनसुनी न्यूनचापीय प्रणालीको असर भने कम मात्रै पर्ने मौसमविद्को अनुमान छ । नेपालमा सामान्यतया जुन १० तारिखमा मनसुन भित्रन्छ भने सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ ।

तर, यसमा केही दिन घटबढ भने हुने गरेको छ । आज सेप्टेम्बर १३ तारिख भइसकेको छ । यसले गर्दा पनि अब लगातार ठूलो झरी पर्ने सम्भावना कमै रहेको मौसमविद् अर्यालले बताउनुभयो ।

मौसमविद्ले आज देशका धेरै ठाउँमा हल्कादेखि मध्य खालको वर्षा हुने सम्भावना रहेको बताएका छन् । दिउँसो र बेलुका काठमाण्डौ उपत्यकामा पनि मेघगर्जनसहित पानी पर्ने अनुमान छ । गएको २४ घण्टामा गोरखाको बारपाकमा सबैभन्दा धेरै ७७ मिलिमिटर वर्षा भएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया