विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिजसँगको श्रृङ्खला खेल्छौ...
बैशाख १५, २०८१ शनिबार
काठमाण्डाै – पहिराेको कारण मुग्लिन–नौबिसे सडक बन्द भएको छ । सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी नै सडक बन्द भएको हो ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुई बजेतिर पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।