जनगणना अन्तर्गत घर तथा परिवार सूचीकरणको काम आजदेखि

 भदौ ३०, २०७८ बुधबार ८:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनगणना अन्तर्गत पहिलो चरणको काम आजदेखि सुरु हुँदैछ । १२ औं जनगणनाको पहिलो चरणमा आजदेखि घर तथा परिवार सूचीकरणको काम सुरु हुन लागेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

सूचीकरणका लागि देशभर झण्डै ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । यसअघि भर्ना गरिएका सुपरिवेक्षक खटिएका र कतै कतै वैकल्पिक व्यवस्था मिलाएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्याको विवरण भरिनेछ । यसका साथै घरको प्रकार, तला तथा संख्या, पालिएका गाईबस्तुको संख्या समेत लिइनेछ ।

घरपरिवारको बैंक खाता रहे/नरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिए/नलिएकोलगायतका विवरण समेत समेटिने उपमहानिर्देशक रेग्मीले बताउनुभयो । सूचीकरणको काम आउँदो असोज १८ गतेभित्र सक्ने तयारी छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया