कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झर्‍यो

 भदौ ३०, २०७८ बुधबार १३:४३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली  श्रमिकको श्रम गन्तव्य देश कुवेतमा कोरोना सङ्क्रमण दर घटेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झरेको छ । यस्तै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पनि ९९.०९ प्रतिशत पुगेको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण दर घट्नुमा नागरिकलाई लगाइएको खोपको उपलब्धि भएको कुवेती स्वास्थ्य मन्त्रालयले  उल्लेख गरेको छ । 

कुवेतमा अहिलेसम्म ४ लाख १० हजार ९०१ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ४ लाख ७ हजार ३९६ जना निको भएका छन् भने २४ सय ३४ जनाको ज्यान गएको छ । अहिले कुवेतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७१ जना मात्रै रहेको वल्र्डओमिटरले उल्लेख गरेको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया