देउवा सरकारद्वारा भूमि आयाेग गठन, केशव निराैला अध्यक्षमा नियुक्त

 भदौ ३०, २०७८ बुधबार १९:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधवार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराउनुभएको हो ।

सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्या हटाउने बताउनुभयो । उहाँले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलता थपिँदै गएकाले आफ्नो नेतृत्वको टिमले ती समस्या हटाउने प्रयत्न गर्ने बताउनुभयो ।

हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद्काे बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ साल वैशाखमा एमाले नेता देवी ज्ञवालीको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो । अहिलेको सरकारले कार्यकालको सुरुवातमै आयोग विघटन गरेको थियो । यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

शपथ ग्रहण समारोहमा गृह मन्त्री बालकृष्ण खाणका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल तथा मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • हिमराज तिम्सिना

    Sept. 15, 2021, 9:27 p.m.

    राम्रो हो

  •  0 Reply

तपाईको प्रतिक्रिया