सिरहामा पाँच किलो चाँदीसहित दुई जना भारतीय नागरिक पक्राउ

 भदौ ३१, २०७८ बिहिबार १३:१५:५९ | रासस
unn.prixa.net

सिरहा - ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई जना भारतीय युवकलाई पक्राउ गरेको छ ।

सिरहाको लहानबाट भारततर्फ लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार हिजाे बेलुका जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई गरिएको हो ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया