सामाजिक सञ्जालमार्फत ठगहरू सक्रिय, पक्का नगरि कारोबार नगर्न प्रहरीको अनुरोध

 भदौ ३१, २०७८ बिहीबार १४:१९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्ने क्रम बढिरहेको भन्दै नेपाल प्रहरीले सचेत रहन अनुरोध गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले एक विज्ञप्ति निकालेर प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरि सतर्कता अपनाउन अनुरोध गरेको हो ।

केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै चिट्ठाबापतको रकम पाउनका लागि कर चुक्ता गर्न रकम चाहिने भएकाले बैङ्क तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाइ ठगी गर्ने प्रवृति बढिरहेको प्रहरीले जनाएको छ । चिट्ठा परेको भन्दै पैसा मागेमा तुरुन्तै प्रहरीमा खबर गर्न ब्युरोले आग्रह गरेको छ ।

यस्तै विभिन्न व्यक्तिका फेसबुक ह्याक गरी फेसबुक प्रयोगकर्ताका आफन्त र साथीभाइलाई पैसा पठाउन अनुरोध गरेर ठगी गर्ने क्रम पनि बढिरहेको प्रहरीको भनाइ छ ।  परिवारकै सदस्य या साथीभाइले नै सामाजिक सञ्जालकाे माध्यमबाट पैसा मागे पनि एक पटक फोन गरेर पक्का गरेपछि मात्रै पैसाको कारोबार गर्न पनि साइबर ब्युरोको अनुरोध छ ।  

‘केही समयदेखि केही व्यक्ति/आपराधिक समूहले सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, आईएमओ लगायतका माध्यमबाट चिट्ठा परेको भन्दै कर चुक्ता गर्नुपर्ने भएकाले बैंक तथा अनलाइन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्न लगाइ ठग्ने प्रवृत्ति बढेको छ । यस्ता भ्रामक कुरामा विश्वास नगरि प्रविधिको दुरुपयोगबाट बच्न सतर्कता अपनाउन साइबर ब्युरो अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया