काकाबाट तीन लाख रुपैयाँ लुटेको आरोपमा एक जना पक्राउ

 भदौ ३१, २०७८ बिहिबार १६:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आफ्नै काकालाई लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको छ । 

काकालाई विदेश पठाइदिन सहयोग गर्ने भन्दै लोकन्थलीमा लगेर तीन लाख रुपैयाँ लुटेको आरोपमा बैतडी घर भइ काठमाण्डाै कीर्तिपुर बस्ने २६ वर्षीय लवजित भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।  

लवले नगद लुटेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया