भोलिदेखि त्रिवि अन्तर्गतका सबै कलेज भौतिक उपस्थितिमै सञ्चालन हुने

 भदौ ३१, २०७८ बिहिबार २०:३८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भाेलि शुक्रवारदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । 

कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिने त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो । गएको भदौ २७ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सर्तकता अपनाउँदै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख दाहालको भनाइ छ । 

पालिकाले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका कलेज सञ्चालन गरिने जनाइएकाे छ । यसअघि महामारीको जोखिमलाई ध्यानमा राख्दै अनलाइन कक्षा सञ्चालन भइरहेको थियो । अहिले नेपालमा त्रिविकाे सम्बन्धन प्राप्त क्याम्पस एक हजार चार सय २५ वटा छन् जसमा एक सय ३७ आङ्गिक, पाँच सय आठ सामुदायिक र सात सय ८० निजी क्याम्पस सञ्चालनमा छन् ।​

 

अन्तिम अपडेट: चैत २६, २०८०

1 Comments

  • Pawan Khanal

    Sept. 16, 2021, 8:51 p.m.

    बेलुकी ६ बजे सूचना अपलोड हुन्छ .....त्यो पनि कति बिद्द्यार्थी कति टाढा छन् , उपत्यका बाहिर छन् ....के काठमाडौं मात्रै हो सँसार ? यो भन्दा घटिया सूचना अहिलेसम्म देखेकै छैन ...लाज पनि हरायो लाजले ...

  •  0 Reply

तपाईको प्रतिक्रिया